सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड
सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशनमा ल्याएको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्।
इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट एक करोड ८५ लाख २९ हजार २४० कित्ता आइपीओ शेयर खरिदको लागि आवेदन परेको थियाे। जसमध्येमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता शेयरको आवेदन रद्द भएको एनआईसी एशिया क्यापिटलले जनाएको छ। रितपूर्वक आवेदन दिने कुल ८ लाख ६३ हजार ५८५ आवेदकमध्ये २ लाख ७३ हजार जनाले १० कित्ता शेयर प्राप्त गरेका छन् भने ५ लाख ९० हजार ५८५ जनाकाे हात खाली भएकाे छ।
इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। इन्स्योरेन्सले निष्काशन गरेको कुल शेयरमध्ये एक लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।
क्याटेगोरी : अर्थ
ट्याग : #सानिमा जनरल इन्स्योरेन्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्