अखिलको जिल्ला कमिटी चाँडै
काठमाडौँ, २९ असोज ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूले एकताको कामलाई अन्तिम चरणमा पुगेको छ ।
अनेरास्ववियूले यहि साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई मंसिर १५ गतेसम्म निर्माण गर्ने गरि काम अगाडि बढेको छ ।
अहिले अखिलको केन्द्रीय कमिटी मात्र निर्माण भएको छ ।
केही दिन अघि केन्द्रीय कमिटीका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामागले सवै जिल्ला, विश्व विद्यालय, स्थानीय तह र क्याम्पस कमिटीलाई परिपत्र (सर्कुलर) जारी गरी एकता प्रक्रिया टुग्गोमा पुर्याउने निर्देशन दिनु भएको छ ।
अखिलका संयोजक महरले तल्लो तहका कमिटीलाई पूर्णता दिने गरि परिपत्र जारी गरिसकेको र सोही परिपत्र अनुसार अहिले एकताको काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार यसै साता जिल्ला कमिटीलाई पूर्णता पाउने छ । अखिलले यसअघि जिल्ला कमिटीका संयोजक र सहसंंयोजक तोकेर पठाइसकेको छ ।
अखिलले ५१ देखि ६१ जनासम्मको जिल्ला कमिटी बनाउने निर्देशन दिएको छ ।
संयोजक महरले परिपत्र अनुसार काम नगर्ने र सामानान्तर कमिटी बनाउने केन्द्रीय कमिटी सदस्यलाई कारवाही गर्ने बताउनुभयो ।
पार्टी एकता भएसंगै नेकपाको पार्टी एकता अझै टुग्गिएको छैन । यसअघि राष्ट्रिय युवा संघले मात्र जिल्ला र स्थानीय तहको एकता टुग्गाइसकेको छ ।
उहाँले जिल्ला, स्थानीय तह र क्याम्पस कमिटी टुग्गिएपछि प्रदेश, विश्वविद्यालय, केन्द्रीय कमिटीको वाँडफाँड र कार्यविभाजन टुग्याउने बताउनुभयो ।
अखिलमा अहिले ३३५ केन्द्रीय कमिटी रहेका छन ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्