ओली-प्रचण्डले भ्रष्टचार गरेको प्रमाणित गर्न बाबुरामलाई नेकपाको चुनौती
काठमाडौँ, असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ओली प्रचण्डले भ्रष्टचार गरेका छन् भन्ने अभिव्यक्ति भर्त्सना गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी परियोजनामा अर्बौँ रकम घुस लिएको भनी लगाएको आरोपको खण्डन गरेका हुन् ।
उनले यो आरोपलाई आधारहीन, झुठ, कपोकल्पित एवम् दूरासयपूर्ण रहेको बताएका छन् । प्रवक्ता श्रेष्ठले त्यस सम्बन्धी प्रमाण भए राज्यको सम्बन्धित आधिकारीक निकायमा पेश गर्न चुनौतीसमेत दिएका छन् । सँगै विज्ञप्तिमा यो गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै बाबुरामलाई सार्वजनिक क्षमा याचना गर्न भनिएको छ ।
‘राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको अपत्तिजनक एवम् गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमा याचना हुनुपर्दछ’, प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सँगै नेकपाले घुस लिएको भए प्रमाण पेश गर्न चुनौती दिएको छ। ‘हामी त्यसँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र रज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि त्यस प्रकारको कृत्रिम आरोपको तथा कथित प्रमाणको हौवा भ्रमको खेती मात्र हो भन्ने स्पष्ट नै छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओली-प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्