मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुङ्गा प्रहार
काठमाडौँ, १८ असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुङ्गा प्रहार भएको छ ।
काठमाडौँबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेल सवार गाडीमा राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो ।
मुख्यमन्त्री पोखरेललाई नै ताकेर ढुंगा प्रहार भएको बताइएको छ । घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, स्थिति साम्य पार्न प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको थियो । हाल घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आक्रमणबाट मुख्यमन्त्री पोखरेललाई केही भएको छैन भने गाडीमा भने क्षति भएको बताइएको छ । योजनावद्द ढंगले मुख्यमन्त्री पोखरेललाई निशाना बनाएर ढुंगा हानिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्