बिहारमा चट्याङ लागेर १५ को मृत्यु

भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । समाचारमा जनाइएअनुसार अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो ।
चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन् । बिहारको विपद् व्यवस्थापन विभागले बुधबार बिहान सो कुराको जानकारी दिएको हो । गएको सोमबारदेखि यहाँ चट्याङ पर्न शुरु गरेको र बुधबार बिहानसम्म यो संख्या १५ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको हो ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङका कारण १०० जनाभन्दा बढीको ज्यान गएको थियो । मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । पीडितका परिवारलाई सो रकम हस्तान्तरण गर्ने काम भइरहेको बताइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #lightning
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्