शनिवार हुने मनमैजु सांस्कृतिक समाजको ‘मन्थन’: प्राकृतिक चिकित्सामा केन्द्रित
तारकेश्वर, ५ भदौ । प्रत्येक महिना समसामयिक र सामाजिक विषयमा ‘मन्थन’ चलाउँदै आएको मनमैजु सांस्कृतिक समाजले यस श्रृंखलामा रोग प्रतिरोधी क्षमता वृद्धि सम्बन्धी छलफल आयोजना गर्ने भएको छ ।
प्रत्येक महिनाको पहिलो शनिवार सञ्चालन हुने ‘मन्थन’ श्रृंखलाको यो अंकमा योग गुरु एवं प्राकृतिक चिकित्सक कञ्चन घिमिरेको प्रवचन र छलफल सञ्चालन हुने भएको छ ।
भदौ ६ गते (शनिवार) अपरान्ह ३ बजेदेखि इन्टरनेट एप्लिकेशन जुममा भर्चुअल गोष्ठि हुने भएको हो । कोभिड १९ को महामारीका कारण सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था भएकाले अनलाईन कार्यक्रम राखिएको मनमैजु सांस्कृतिक समाज, सञ्चार विभागका प्रमुख श्रीराम केसीले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।
मनमैजु सांस्कृतिक समाजले यसअघिको श्रृंखलामा अर्थबिद प्राडा केशवराज खड्कालाई मन्थनमा निम्त्याएको थियो । यो महिनाका लागि तय भएका वक्ता कञ्चन घिमिरेले मूलतः कोभिड १९ को बढ्दो संक्रमणका बीच आफ्नो रोग प्रतिरोधी क्षमता कसरी अभिवृद्धि गर्ने भन्नेमा प्रवचन दिने आयोजकले जनाएको छ ।
योग तथा प्राकृतिक चिकित्साका सामान्य विधिहरुले समेत मानिसको रोग प्रतिरोधी क्षमतामा सुधार आउने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेको अवस्थामा आसन्न मन्थनको श्रृंखला आरोग्य जीवन चाहानेहरुलाई सहायक सिद्ध हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मनमैजु साँस्कृतिक समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्