Techie IT
आईतबार, वैशाख २१,२०८२

कोरोना अपडेटः ब्राजिलमा एक लाखको मृत्यु, विश्वभर १ करोड ९८ लाख संक्रमित


रियो दी जेनेरो, २५ साउन– दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् । करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो ।

पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो । ब्राजिलमा पछिल्लो २४ घण्टामा ९०५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९७० जनामा संक्रमण देखिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #ब्राजिल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545