नगरप्रमुख अधिकारी सहितको टोलिले गरे शिवपुरी खानेपानीको मुहानको निरीक्षण
काठमाडौं । नगरप्रमुख सहितको टोलिले टोखाबासिले दैनिक रुपमा प्रयोग गर्दै आइरहेको शिवपुरी जलाधार तथा राष्ट्रिय निकुञ्जमा रहेको खानेपानीको मुहानको निरीक्षण गरेको छ ।
शनिवार टोखा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी तथा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी उपप्रमुख ज्ञानमाया डंगोल, पत्रकार लगायतका टोलिले खानेपानी मुहानको निरीक्षण गरिएको हो ।
टोखा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले खानेपानी मुहान तथा भौतिक पुर्वाधार संरचनाको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए । भविष्यमा खानेपानीको अभाव हुन नदिन र दिर्घकालसम्म व्यवस्थित रुपमा निरन्तर पानी वितरण गर्न आवश्यक पर्ने भौतिक पुर्वाधार निर्माण लगायतका बारेमा निरीक्षण टोलिलाई ब्रिफिङ्ग गरेका थिए ।

खानेपानी मुहान तथा संरचनाको निरीक्षण पश्चात नगरप्रमुख अधिकारीले खानेपानीको भण्डारण क्षमता बढाउन तथा त्यसलाई व्यवस्थित गर्न स्थानीय जनता, स्थानीय सरकार तथा प्रदेश सरकारको संयोजकत्वमा बृहत लगानि गरेर आगाडि बढ्न आवश्यक रहेको बताए ।
स्थानीय जनताको अपनत्व रहने गरी खानेपानीको व्यवस्थापन सम्वन्धि एकृकीत योजना सहित अगाडि बढ्नु पर्ने भन्दै आधिकारी रुपमा संस्थालाई दर्ता गरी अगाडि बढ्न सुझाव दिदै दर्तावाला संस्थासँग टोखा नगरपालिकाले नियम संगत सहकार्य गरेर अगाडि बढ्न सहज हुने नगरप्रमुख अधिकारीले आफ्ना धारण राखेका थिए ।

उक्त निरीक्षण कार्यक्रममा टोखा २ र ३ वडाका वडा अध्यक्षहरुलाई समेत निम्तो गरेको भएता पनि कार्य व्यस्तताका कारण उपस्थित हुन नसकेको समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिए ।
हाल उक्त मुहानको पानी सार्वजनिक धाराहरुमा प्रयोग गरिदै आइरहेको छ । भौतिक पुर्वाधारको अभावमा माग अनुसार खानेपानीको व्यवस्थित रुपमा वितरण गर्न सकिरहेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रकाश अधिकारी, #शिवपुरी खानेपानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्