काठमाडाैंमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने सरकारको निर्णय ,भाडादर ५० प्रतिशत बढी
सरकारले काठमाडाैं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरको छ।
सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा संञ्चारमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी गराएका हुन् । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधानहरु चल्न दिइने बताएका छन् ।
असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधानहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
भाडादर भने साविकको भन्दा ५० प्रतिशत बढी लिन सकिने मन्त्री खतिवडाले जानकारी गराए ।
यस्तै ट्याक्सीलाई पनि संचालन गर्न दिने निर्णय गरेको छ । ट्याक्सीमा चालक सहित ३ जना र ५ वर्ष मुनिका थप एक जना सम्म यात्रा गर्न सकिनेछ ।
सार्वजनिक सवारी साधानमा क्षमताको भन्दा ५० प्रतिशत कम यात्रु राख्ने, सबैले अनिवार्य मास्क लगाउने, स्यानिटाइजर राख्नु पर्ने र दुरी कायम गर्नुे पर्ने सरकारले जनाएको छ ।
सरकारले तोकेको मापदण्ड पुरा गरेपनि यातायात व्यवसायिहरुले सवारी साधान सञ्चालन गर्न सक्नेछन् ।
यद्यपी एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्न भने पाउनेछैन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने सरकारको निर्णय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्