काठमाडाैंमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने सरकारको निर्णय ,भाडादर ५० प्रतिशत बढी

सरकारले काठमाडाैं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरको छ।
सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा संञ्चारमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी गराएका हुन् । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधानहरु चल्न दिइने बताएका छन् ।
असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधानहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
भाडादर भने साविकको भन्दा ५० प्रतिशत बढी लिन सकिने मन्त्री खतिवडाले जानकारी गराए ।
यस्तै ट्याक्सीलाई पनि संचालन गर्न दिने निर्णय गरेको छ । ट्याक्सीमा चालक सहित ३ जना र ५ वर्ष मुनिका थप एक जना सम्म यात्रा गर्न सकिनेछ ।
सार्वजनिक सवारी साधानमा क्षमताको भन्दा ५० प्रतिशत कम यात्रु राख्ने, सबैले अनिवार्य मास्क लगाउने, स्यानिटाइजर राख्नु पर्ने र दुरी कायम गर्नुे पर्ने सरकारले जनाएको छ ।
सरकारले तोकेको मापदण्ड पुरा गरेपनि यातायात व्यवसायिहरुले सवारी साधान सञ्चालन गर्न सक्नेछन् ।
यद्यपी एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्न भने पाउनेछैन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने सरकारको निर्णय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्