लायन्स क्लब अफ काठमाडौ आधार क्लबद्धारा महिलाहरुलाई तालिम
नर्चर द फ्यूचर नारा सहित लायन्स क्लब अफ काठमाडौ आधारले देशमा कोरोना संक्रमणको माहामारी बढि रहेको बेला कोरोना संक्रमणबाट बच्न आवश्यक पर्ने सामाग्री मास्क र महिलाका लागि अति नै आवश्यक घरेलु सेनेटरी प्याड बनाउने निशुल्क ३ दिने तालिम शुरु गरिएको थियो ।
लायन्स क्लब अफ काठमाडौं आधारकी अध्यक्ष धनमाया सिन्जाली (आशु) को सभापतित्वमा ३ दिने घरेलु सेनेटरी प्याड तथा मास्क बनाउने तालिम रोज सिप बिकास तालिम केन्द्रमा उद्घाटन गरियो । सो तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ बि. वान डिस्ट्रीक गर्भनर मानबादुर रोक्का ज्यु गर्नु भएको थियो साथै अतिथिहरुमा डिस्ट्रीक क्याविनेट सेक्रेटरी लायन सूर्य के.सी, डिस्ट्रीक चिफ एडभाइजर लायन डिस्ट्रीक मनि श्री बज्रार्चाय, डिस्ट्रीक पि.डि.आर. निर्मल श्रेष्ठ, क्लस्टर चिफ महेश पाण्डे, रिजन चेयर पर्सन राजु बाबु श्रेष्ठ, जोन चेयर पर्सन राम चन्द्र शर्मा र क्लब चार्टर अध्यक्ष रेश्मा श्रेष्ठ थिइन ।

सो कार्यक्रममा बोल्दै क्लब अध्यक्ष धनमायाँ सिन्जाली (आशु) ले उक्त तालिमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउने छ र सम्पूर्ण आधार टिम साथीहरुलाई कार्यक्रम सफल पार्नु भएकोमा धन्यबाद दिइन । यसै गरि लायन्स क्लब इन्टरनेशनल ३२५ बि. वानका डिस्ट्रीक गर्भनर डिजी मानबहादुर रोक्का ज्यू ले कोरोना संक्रमणबाट आफुलाई सुरक्षित राखी तालिममा सिप सिकेर फाइदा लिने सबैलाई आग्रह गरे । उक्त कार्यक्रममा आधार क्लबकी सदस्य तथा रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष सुन्दरी कारन्जीत (सोनी) ले यस तालिमले सबैलाई धेरै फाइदा हुने बताइन ।
सो कार्यक्रम लायन्स क्लब अफ काठमाडौं आधारकी सचिब फेसन डिजाइनर इन्ता श्रेष्ठले मास्क बनाउने पहिलो दिनको तालिम दएकी थिइन र क्लबकी उपाध्यक्ष गेल्मु शेर्पा बुढाथोकीले सबैलाई स्वागत र शुभकामना मन्तवय दिएकी थिइन । उक्त कार्यक्रमकी संचालिका आधार क्लब कै तेस्रो उपाध्यक्ष कल्पना के.सी. थिइन । ३ दिने निशुल्क घरेलु सेनिटरी र प्याड बनाउने ताथ माक्स बनाउने तालिम यहि असार १८, १९ र २० गते संचालन हुने र तालिम लिनेहरुलाई तालिमकको प्रमाण्पत्र पनि प्रदान गरिने जानकारी गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लब अफ काठमाडौ आधार क्लब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्