प्रेस संगठन संखुवासभाद्धारा पत्रकार महासंघलाई ज्याकेट हस्तान्तरण
संखुवासभा – प्रेस संगठन नेपाल संखुवासभाले नेपाल पत्रकार महासंघलाई ज्याकेट हस्तान्तरण गरेको छ । पत्रकार कृष्णसेन इन्छुकको १७ औँ स्मिृति दिवसको अवसर पारेर संगठनले २५ थान ज्याकेट हस्तान्तरण गरेको हो । विश्वमा फैलिएको महामारी कोविड १९ (कोरोना भाइरस) को रिपोर्टिङको क्रममा पत्रकारको पहिचानको लागि प्रेस लेखिएको ज्याकेट हन्तान्तरण गरेको संगठनले जनाएको छ ।
पत्रकार महासंघलाई ज्याकेट हस्तान्तरण गर्दै प्रेस संगठन संखुवासभाका संयोजक अनिस विष्टले जिल्लामा क्रियासिल रुपमा खटिने पत्रकारहरुलाई रिपोर्टिङको क्रममा जिल्लाका जुनसुकै ठाउँमा वा बाहिर जिल्लामा जादा समेत पहिचानमा असहज नहोस भन्ने उद्देश्यले ज्याकेट वितरण गरेको बताउनुभयो ।

ज्याकेट ग्रहण गर्दै पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले प्रेस संगठनलाई धन्यवाद दिनुभयो । जिल्लामा पत्रकारको पहिचानमा केहि समस्या भएको भन्दै असजतालाई सहजता तिर बदल्नको लागि प्रेस संगठन अग्रसर रहेकोमा अध्यक्ष गिरीले धन्यवाद दिनुभयो । ज्याकेट क्रियासिल २५ पत्रकारलाई वितरण गर्दै अध्यक्ष गिरीले पत्रकारको पहिचानलाई दुरुपयोग नगर्न समेत पत्रकारहरुलाई निर्देशन दिनुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #कोभिड १९, #कोरोना भाइरस, #प्रेस सङ्गठन नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्