तारकेश्वर नगरपालिकाको बजेट ७१ करोड
तारकेश्वर नगरपालिकाको तेस्रो नगर सभा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष ०७५्०७६ का लागि आयोजित सो नगर सभाले ७१ करोड वजेट विनियोजन गर्ने तयारी गरेको छ ।
सो कार्यक्रममा काठमाण्डौ क्षेत्र नं ६ का सांसद भिमसेनदास प्रधान , प्रदेश सभासद योन्द्र संग्रौला, राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका न्याधिश एवं कार्यलय प्रमुख, नेपाली कांग्रेस तारकेश्वर नगर समितिका सभापति श्रीराम थापा , स्थानीय बासी , पत्रकारहरुको उपस्थीती रहेको थियो ।
सांसद भीमसेनदास प्रधानले आफू नेपाली कांग्रेसबाट प्रतिनिधतव गरेता पनि जनताको सांसद एवं प्रतिनिधी रहेको बताए । उनले थप्दै भने, तारकेश्वरका जनप्रतिनिधीहरुले यो वा त्यो् पार्टी नभनी समग्र नगरबासीहरुलाई पार्टीको भन्दा पनि जनप्रतिनिधको आखाले नियाल्न आवश्यक रहेको बताए ।
नगरप्रमुख रामेश्वर बोहोराले नगरबासीहरुको आशार अपेक्षा धेरै छन् तर नगरपालिकासँग श्रोत र साधन सिमित छ, हामीले उपलब्ध श्रोत साधनलाई आवश्यक व्यवस्थापन गर्दै विकास निर्माणको कार्यलाई अगाडी बढाउँदै आएकाे बताए ।
कार्यक्रम नगरपालिका प्रवक्ता एवं तारकेश्वर–१ का वडा अध्यक्ष विदुर सापकोटाले सञ्चालन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्