शहरको झिलीमिलीले त्यो गरिबलाई गिज्याई रहेछ ।
मन झिलीमिली भए पो घर झिलीमिली हुनलाई !…
आफ्ना हरेक चाहनालाई बन्दकी राखेर शहरमा सुनौलौ सपनाको खेती गरिरहेको त्यो मान्छे !
जब उ बिहानी पख नहुदै काममा दौडहन्छ र साझँ परेपछि मात्र त्यो माकुराले जालो लगाएको एउटा सानोकोठा भित्र छिर्छ ।बजारमा तिहारको रौनक झिलीमिली भईरहेको देख्छ ।उसलाई पनि त्यो झिलीमिलीमा रमाउने मन हुदाँ–हुँदै पनि उसले आफ्नो हैसियत ,आौकात र स्थिति को घेरालाई पार गर्न सक्दैन ।
शहरको ठुला–ठुला महलमा बलेका बत्ती ले रत्ति पनि सहानु–भूती दिन सक्दैन ।किनकी उसले त्यो पहाड ,त्यै बस्ती र त्यै गाउँ को झुपडीलाई झलझली सम्झी रहेको हुन्छ । आमाले चुलामा पकाउँदै गरेको सेलरोटी ,भाइ देउसी खेल्न भनेर हतारिदै गरेको अबस्था र दिदिले नाङ्ला भरी मखमली लिएर उन्दै गरेको माला र बुबाले त्यो झुपडीलाई सिगार्दै गरेको अबस्था झलझली समझन्छ र त्यो बन्द कोठा भित्र चुक्कुल लगाएर भक्कानिन्छ ।
उसका पनि रहर नभएका होईनन् ,त्यै शहरको झिलीमिलीमा रमाउने तर के गर्नु विडम्बना जन्मदै जीन्दगीले गरिबको निशानी लगाई दियो ।जन्मदै खुशीलाई बन्दकी बनाईदियो ।परिश्रमलाई सस्तो मूल्यमा तुल्याईदियो ।
फेरि नितान्त उसको झिलीमिली बस्तीमा आँखा पुग्छ ।एउटा सुन्दर सपनालाई त्यै शहरमा भईरहेको तिहार रौनकको झिलीमिलीले लतरपतर बनाईदिन्छ ।नत उसलाई त्यो तिहारको रौनकको मज्जा छत ,नत उसलाईत्यो झिलिमिली बत्तीको महत्त्व नै ।उसले त्यो झुपडीमा बलेको मैनबत्ती समझन्छ र साँझ पख बाल्ने दियो समझन्छ ।
उसलाई त्यो शहर को झिलीमिली भन्दा पनि त्यै झुपडीको एक कुनामा दिप्त भई बलीरहेको मनै बत्तीको उज्यालो महत्त्व लाग्छ ।बजारभरी तिहार बिशेष गुञ्जीएका धुनहरु भन्दा त्यै कोईलीले गुञ्जिएका भिरपाखा प्यारा र गुञ्यमान लाग्छ ।सहरमा सजाइएका बनावटी फुलभन्दा पनि घर–आगनको अगाडि मग-मगाएका सयपत्री मग्नमुग्ध लाग्छ ।
उ सोच्न बाध्य हुन्छ ।किनकी उसलाई शहरको झिलीमिलीले गिज्याई रहेको हुन्छ ।हुन त उसमा कुनै किसीमको बिखण्डता ,लैचारिकता नभएको कारणले गर्दा होला ।
शहरको त्यो झिलीमिलीले गिज्याई रहेछ ।
लेखकःउत्सव बजगाईं
क्याटेगोरी : विचार/बहस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्