काभा महिला भलिबल : नेपालको उपाधि यात्रामा भारत बाधक
काठमाडौँ, साउन २३ गते । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको उपाधि भारतले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा भारतले नेपालमाथि २३–२५, २५–१४, २२–२५, २५–२१, १५–५ को जित निकालेको हो ।
घरेलु कोर्टमा उपाधि चुुम्ने नेपालको सपनामा भारत बाधक बनेको हो । अघिल्ला चार सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल अन्तिम सेटमा स्तब्ध बनेको थियो । नेपालले महिला भलिबलको फाइनलमा भारतलाई हराएर कुनैपनि उपाधि जित्ने मौका पाएको थियो ।
तर भारतले पाँचौँ सेटमा कुनै गल्ती नगरी सहज जित निकाल्यो । यसअघि लिग चरणको खेलमा नेपाले भारतलाई ३–२ को सेटमा हराएको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक थियो । फाइनलमा भारतले नेपालसँग लिग चरणमा खेपेको हारको बदला समेत लियो ।
नेपालले मङ्गलबार भएको सेमिफाइनल खेलमा इरानलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो । नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकालेको थियो । नेपालले इरानविरुद्ध लिग चरणमा खेपेको हारको बदला समेत लिएको थियो । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।
यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। भारतले श्रीलङ्कामाथि २५–१५, २५–१६, २५–२३ को जित निकालेको थियो ।
पाँच टोली सहभागि प्रतियोगितामा इरान तेस्रो भयो । बुधबार नै तेस्रो स्थानका लागि भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो । इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६ , २५–१७ को नतिजा निकालेको थियो । पाँच टोली सहभागि यस प्रतियोगितामा माल्दिभ्स भने लिग चरणका सबै खेलमा हार खेप्दै बाहिरिएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #काभा महिला भलिबल : नेपालको उपाधि यात्रामा भारत बाधक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्