ठमेलमा देशकै ठूलो एलईडी पर्दामा निशुल्क विश्वकप हेर्न पाइने

काठमाडौं । के तपाईं ठूलो पर्दामा निशुल्क विश्वकप फुटबल हेर्दै खाना र खाजाको मज्जा लिन चाहनुहुन्छ रु यदि त्यस्तो चाहनुभएको छ भने तपाईंको चाहना पूरा गर्दैछ, काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा रहेको छायाँ कम्प्लेक्स र ओजी लञ्जले ।
विश्वकप सुरु भएदेखि नै ठमेलको नरसिंह चोकस्थित कम्प्लेस र लञ्जले यो स्किम ल्याएको हो । विशेष छुटमा खाना तथा खाजा खाँदै सुरक्षित वातावरणमा विश्वकप हेर्न पाइने भएकाले यहाँ दर्शकहरुको उल्लेख्य उपस्थिति रहँदै आएको छ । करिब ३ हजार दर्शकले एकैचोटि यहाँ विश्वकप हेर्दै रमाइलो गर्न सक्नेछन् ।
रमणीय वातावरण र प्रशस्त पार्किङको व्यवस्था भएकाले पनि यहाँ विश्वकप फुटबल हेर्न सहज छ । उपस्थितहरुमध्येबाट दैनिकरुपमा गिफ्ट ह्याम्पर र जर्सीको व्यवस्था गरिएको सञ्चालन दिनेश श्रेष्ठले जानकारी दिए ।
यो स्किम विश्वकप खेल अवधिभर सञ्चालन हुनेछ । विश्वकपको फाइटल खेल हेर्न आउने दर्शकमध्येलाई लक्की ड्रमार्फत् स्कुटर उपहार प्रदान गरिने सञ्चालकले जनाएका छन् ।
यहाँ प्रदर्शन हुने एलईडी पर्दा नेपालभरकै सबैभन्दा ठूलो भएको सञ्चालको दाबी छ । यहाँ ठमेलका अरु होटल रेष्टुरेन्टमा भन्दा सस्तोमा गुणस्तरीय खानपानको व्यवस्था छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #एलईडी पर्दा, #विश्वकप
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्