सबरगान सहरलाई कब्जामा लिएको तालिबान समूहको दावी

अफगानिस्तानको तालिबान समूहले दोस्रो प्रान्तीय राजधानी पनि आफ्नो कब्जामा लिन सफल भएको दावी गरेको छ । अफगानिस्तानको ग्रामिण इलाकामा प्रभाब रहेको तालिवान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ ।
उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान शहर आफ्नो नियन्त्रणमा आएको तालिबानले बताएको छ । यसअघि शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो । यद्यपि अफगानिस्तानको रक्षामन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने बताउनुभएको छ ।
तालिवान समूहले प्रानीय सहरलाई आफ्नो पकडमा ल्याएको घोषणा सरकारी सुरक्षाबलका लागि ठूलो धक्का हो । पश्चिमको हेरात, दक्षिणको कान्दाहर र लश्कर गाहसहितका प्रमुख शहरहरु पनि क्रमशः आफ्नो नियन्त्रणमा लिँदै जाने तालिवानको रणनीति रहेको तालिवान समूहका एक कमाण्डरले बताउनु भएको छ । सरकारले सेनालाई उक्त क्षेत्रमा सशक्त पारेको जनाएको छ ।
क्याटेगोरी : देश परदेश
ट्याग : #तालिबान समूह
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्