प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले आज साँझ ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले गरेको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । कोभिड–१९ लगायत मुलुकको समसामयिक विषयवस्तुमा उहाँको सम्बोधन हुनेछ ।
यसअघि प्रधानमन्त्री ओलीले कोभिड–१९ का रोकथाम र नियन्त्रणका सन्दर्भमा तीनपटक राष्ट्रका नाममा सम्बोधन गरिसक्नुभएको छ । यसैगरी आज नै साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्