नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५९ पुग्यो
काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। बाँकेका ६० वर्षीय बुद्धा र रुपन्देहीका २५ वर्षीय युवामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । यी मध्ये ४९ जना पुरुष र १० जना महिला रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाईएको छ ।
नेपालमा हालसम्म कुल १६ जना संक्रमित निको भएर घर फर्कीसकेका छन् भने ४३ जनाको उपचार भइरहेको छ ।
शुक्रबार थपिएका २ जना संक्रमितलाई पनि निगरानीमा राखिएको र संक्रमितका परिवारका सवै सदस्यहरुको स्वास्थ्य जाँच गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्वमा अहिलेसम्म ३३ लाख २३ हजार भन्दा बढी संक्रमित भएका मध्ये १० लाख ५० हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #थप दुई संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्