अदालतबाट छुटे लगतै फेरि पक्राउ परे अग्रवाल
काठमाडौँ, १८ वैशाख । कालोबजारीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन पक्राउ परेका छन् ।
अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । आजै उनी काठमाडौँ जिल्ला अदालतले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएपछि छुटेका थिए ।
बुधबारदेखि सुरु भएको बहसमा न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले बिहीबार आदेश सुनाएको हो।
अग्रवाल तीन साताअघि थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ परेका थिए।
बढीमा ५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर बिक्री गरिरहेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।
जगदम्बा समूहका सदस्य समेत रहेका अग्रवालविरुद्ध चार वटा कसुरमा मुद्दा दायर गरिएको थियो। अग्रवालबिरुद्ध १५ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो।
कालोबजारीसम्बन्धी मुद्दाको सुनुवाई जिल्ला प्रशासन कार्यालयले गर्ने भए पनि एक वर्षभन्दा बढी कैद मागदावी भएपछि मुद्दा अदालतमा पुगेको हो।
अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूतसमेत हुन्।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष
ट्याग : #अग्रवाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्