सञ्चारकर्मीलाई काठमाडौं महानगरको साथ , सुरक्षा सामाग्री र केहि खाद्यन्न उपलब्ध
काठमाडौ । काठमाडौ महानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम मोलेर रातदिन फिल्डमा खटिने सञ्चारकर्मीका लागि सुरक्षा सामाग्री र केहि खाद्यन्न उपलब्ध गराएको छ ।
महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले काठमाडौ जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत रही जोखिम मोलेर फिल्डमा खटिएका सञ्चारकर्मीलाई स्यानिटाइजर, मास्क र ग्लोभ्स उपलब्ध गराएका हुन् । मंगलबार महानगरमा एक कार्यक्रमको आयोजना गरि प्रमुख प्रशासकिय अधिकृत अर्यालले पत्रकार महासंघका केन्द्रिय सदस्य गोविन्द चौलागाई मार्फत सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत अर्यालले जोखिम मोलेर फिल्डमा खटिदै जनतालाई सुचना उपलब्ध गराउन सक्रिय सञ्चारकर्मीलाई सम्मान स्वरुप सुरक्षा समाग्री उपलब्ध गराइएको जानकारी दिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सञ्चारकर्मीको महत्वपुर्ण भूमिका रहेको स्मरण गर्दै आफु सञ्चारकर्मीको समस्यामा जहिले पनि सहयोग गर्न तत्पर रहने प्रतिवद्धता व्यक्त गरे । अर्यालले सञ्चारकर्मीहरु सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने र सरकारका राम्रा कार्यलाई जनता समक्ष लैजान कञ्जुस्याई गर्न नहुने बताए ।
अर्यालले लकडाउनका कारण अत्यन्तै समस्यामा परेका सञ्चारकर्मीहरुको दुखमा साथ दिन केहि खाद्यन्न समेत उपलब्ध गराइएको जानकारी दिए ।
कार्यक्रमा पत्रकार महासंघका केन्द्रिय सदस्य गोविन्द चौलागाईले महानगरले पत्रकारको सुखदुखमा साथ दिएकोमा धन्यवाद दिदै महानगरको विकास निर्माण कार्यमा सञ्चारकर्मीहरु सधै साथमा रहने बताए । कार्यक्रममा महानगरका सहसचिव राजेश्वर ज्ञवालीको समेत सहभागिता रहेको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #सञ्चारकर्मीलाई काठमाडौं महानगरको साथ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्