गोगंबुमा अलपत्र परेका १२ जना मजदुरलाई मेयर प्रकाश अधिकारीद्धारा उद्धार , लकडाउन अवधीभर खानेबस्ने ब्यवस्था
काठमाडौ । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरेपछि अलपत्र परेका १२ जना कामदारलाई टोखा नगरपालिकाले उद्धार गरेको छ ।
दैनिक ज्यालादारी गर्ने शिलशिलामा दोलखाबाट फर्कीएर गोगंबुमा अलपत्र भई बसेकाहरुलाई उद्दार गरिएको हो ।
अन्यन्तै दहीनीय अवस्थामा अलपत्र परेका कालिकोटका मजदुरलाई उद्धार गरिएको टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारीले बताए ।

उक्त मजदुरहरुले आफु भोकै बसेको , ज्यालादारीबाट प्राप्त रकम बाटैमा सकिएको , घरजाने , खाने अवस्थापनि नभइ भोकै मर्न अवस्था देखीएको हुनाले मानविय उद्धार गरिएको मेयर अधिकारीले बताए।
नगरपालिकाले गाँडीको ब्यवस्था गरि उक्तm मजदुरहरुलाई टोखा नगरपालिकामा अवस्थित तिलिङ्गटार स्कुलमा राखीनुका साथै आवश्यक स्वास्थ परिक्षण गरि लक डाउन अवधिसम्म खाना र बस्ने ब्यवस्था मिलाइने नगर प्रमुख प्रकाश अधिकारीले बताए ।
टोखा नगरपालिकामा कोही पनि भोको बस्नु नपर्ने दैनिक उपभोग्य बस्तु , औषधी ,एम्बुलेन्स लगायतका आवश्यक सामाग्रीका लागी टोखा नगरपालिकाका जनप्रतिनिधिहरु तयारी अवस्थामा रहेको मेयर अधिकारीले बताए ।
उद्धार गरिएको भिडियो हेर्नुहोस
https://www.facebook.com/sajhapana/videos/3322122801150705/
क्याटेगोरी : विशेष
ट्याग : #उद्धार, #प्रकाश अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्