‘पन्ध्र दिनभित्र कोरोना संक्रमण मुक्त हुनेछौँ’
काठमाडौं, २९ चैत । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणको काम १५ दिनभित्र पूरा गर्ने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अहिले सबै प्रदेशमा स्वास्थ्यका आवस्यक सामग्री र चिकित्सकहरू पुगिसकेको बताए । चिकित्सकहरूले दैनिक एक हजारभन्दा धेरैको नमूना परीक्षण गरेको डा.देवकोटाले जानकारी दिए ।
सेवा निवृत्त चिकित्सकहरूलाई बोलाएर उपचारमा संलग्न हुन आग्रह गरिएको डा.देवकोटाले बताएका छन् । उनले छात्रबृत्तिमा रहेका चिकित्सकलाई पनि सहयोग गर्न आग्रह गरिएको भन्दै १५ दिनभित्र नेपाललाई संक्रमण मुक्त बनाएर सबैलाई सुरक्षित बनाउने बताए । त्यसका लागि सबैको सहयोग आवश्यक रहेको डा.देवकोटा बताए ।
‘अबको दुई हप्तामा हामी आक्रमक काम गर्छाै । टेस्टका लागि आवस्यक किट सबै जिल्लामा पु¥याएका छौँ’, उनले भने, ‘अहिलेलाई पर्याप्त छ । अरु मगाएका छौँ ।’
डा.देवकोटाले आवस्यक स्वास्थ्य सामग्री तुरुन्तै खरिद गर्ने निर्णय भइसकेको पनि बताए । ‘आवस्यक स्वास्थ्यस सामग्री खरिदका लागि टेण्डर भइसकेको छ’, उनले भने, ‘केही दिनभित्र आइसक्नेछ ।’
स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको विरोध गर्ने लेखा प्रमुखको सुरुवाका विषयमा डा.देवकोटाले आफूलाई थाहा नभएको जानकारी दिए ।
उपलब्ध स्रोत र साधनबाट स्वास्थ्य मन्त्रालयले आक्रामक रुपमा काम गरिरहेको उनले बताए ।
डा.देवकोटाले स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाएर दैनिक ३७ सयको परीक्षण गरिरहेको बताए ।
परीक्षणको दायरा बढ्नु भनेको नेपालका लागि धेरै ठूलो उपलब्धि भएको भन्दै उनले सुदूरपश्चिममा हवाइ यातायातबाट नमूना परीक्षण गरिरहेको बताए ।
‘स्वास्थ्य मन्त्रालयले पठाएका सामाग्री र त्यहाँको स्वास्थ्य अवस्था बुझ्नका ३ जनाको टोली हरेक प्रदेशमा पठाएको उनीहरूले हेर्छन् र रिपोर्ट पठाउँछन्’, मन्त्रालयका प्रवक्ता डा.देवकोटाले बताए ।
क्याटेगोरी : विशेष
ट्याग : #कोरोना संक्रमण मुक्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्