रेडक्रसमा अनियमितता देखिएको भन्दै छानबिन गर्न माग
नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानबिन गर्नुपर्ने माग गर्नुभएको हो ।
सोसाइटीमा देखिएको अनियमितताबारे छानबिन गरेर दोषीउपर कारवाही गर्नुपर्ने भन्दै दीपेन्द्र ढकाल, वसन्त श्रेष्ठ, दिनेश आचार्य, शम्भु निरौला र दीपक घिमिरेले समितिसमक्ष उजुरी दिनुभएको छ ।
उहाँहरुले सोसाइटीको नेतृत्व तहले संस्थामा राजनीतिकरण, संस्थाको जग्गा हिनामिना र भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै समितिमा उजुरी गर्नुभएको हो । सांसद लक्ष्मी परियार, विमला परियार र थममाया थापालगायतले सोसाइटीमा देखिएको अनियमिताका बारेमा प्रक्रियागत ढङ्गबाट छानबिन गर्नुपर्ने बताउनुभयो ।
समितिका सभापति निरुदेवी पालले आवश्यक छलफल र अनुसन्धानका आधारमा छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #रेडक्रस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्