नागार्जुन न्यायिक समितिमा १२ उजुरी दर्ता
नार्गाजुन नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७६÷७७ को सात महिनामा बाह्र उजुरी दर्ता भएका छन् । प्रत्येक वडामा मेलमिलाप केन्द स्थापना गरी सामान्य प्रकृतिको उजुरीलाई वडाबाट नै मिलाउने काम गरेकाले न्यायिक समितिमा उजुरी कम आउने गरेका न्यायिक समितिका संयोजक तथा नगरउपप्रमख सुशीला अधिकारीले बताउनुभयो ।
“गत आर्थिक २०७५÷७६ नगरपालिकाको न्यायिक समितिमा ९१ मुद्दा दर्ता भएको थियो, चालू आवमा नगरपालिकाले न्यायिक समितिकोे कार्यक्षेत्रभित्र पर्ने उजुरीलाई मात्र हेर्ने गरेको छ, न्यायिक समितिमा नपर्ने प्रकृतिका विवादलाई वडामै पठाउने गरेको छौँ”, उपप्रमख अधिकारीले भन्नुभयो । सकेसम्म उजुरी मेलमिलापका माध्यमबाट टङ्ग्याउने गरिएको छ ।
चालू आव २०७६÷७७ मा नगरपालिकाको न्यायिक समितिमा १२ उजुरी दर्ता भएकामा छ जग्गा विवादका रहेका छन् । अधिकांश मुद्दा साँध सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको, एउटाको जग्गा अर्काेले मिचेकोजस्ता उजुरी नगरपालिको न्यायिक समितिमा पर्ने गरेको नगरपालिकाले जनाएको छ । त्यस्तै चालू आवमा तीन लेनदेन विवाद, एउटा घरभाडा विवाद र एक गालीगलौज उजुरी परेको छ । गत आवमा नगरपालिकाको न्यायिक समितिमा ९१ उजुरी दर्ता भएका ३५ जग्गा विवादका उजुरी दर्ता भएका थिए ।
त्यस्तै सोही आवमा तीन सम्बन्धविच्छेद, आठ निर्माणकार्य रोक्का, सात सार्वजनिक जग्गा÷सम्पत्ति संरक्षण, तीन वातावरण प्रदूषण, दुई नागरिकता÷नाता प्रमाणित, १० लेनदेन कारोवार विवाद र १८ विविध उजुरी दर्ता भएका थिए । नगरपालिकामा आउने उजुरी सबै लिखितरूपमै आउने गरेका छन् । उपप्रमुख अधिकारीको संयोजकत्वमा रहेको समितिमा दुई कानून व्यवसायी सदस्य छन् । समितिले दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार र बिहीबार इजलास राख्दै आएको छ । यस्तै नगरपालिकाले कार्यविधिसम्बन्धी फारम सेवाग्राहीको हितलाई ध्यान राखी निःशुल्क वितरण गरिएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #नागार्जुन न्यायिक समिति'
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्