मौसमी फ्लुको सङ्क्रमणले ३० विद्यार्थी बिरामी
मौसमी फ्लुको सङ्क्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन् । वडा नं ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका प्रिन्सिपल दिनेश सागरले जानकारी दिनुभयो । विद्यालयमा अध्ययन गर्ने १०० विद्यार्थीमध्ये ३० बिरामी परेका छन् ।
तीमध्ये तीन सिकिस्त बिरामी छन् । तीन दिनदेखि विद्यालयमा सङ्क्रमण फैलिएको सागरले बताउनुभयो । शुरुमा दुई जनामा फैलिएको र तीन दिनमै ३० मा सङ्क्रमण देखिएको बताइएको छ । एकैसाथ ठूलो सङ्ख्यामा विद्यार्थी बिरामीले थला परेपछि विद्यालय नै बन्द गरिएको छ । धुलाचौर स्वास्थ्य एकाइमा उपचार गराउँदा बिरामीलाई एक–अर्कासँग सम्पर्क नगराउन र आरामसहित उपचारमा राख्न सुझाव दिइएको छ ।
सिकिस्त बिरामी परेका नवीन विक, दीक्षा विक र सृष्टि रावललाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पठाइएको विद्यालयले जनाएको छ । विद्यालयका सञ्चालक शङ्कर मल्लले विद्यार्थीमा देखिएको लक्षणबारे जिल्ला अस्पताललाई समेत जानकारी गराइसकेको बताउनुभयो । बिरामी विद्यार्थीमा शुरुमा ज्वरो आउने र पछि वान्ता पनि सँगै हुने तथा उठ्न नसक्ने लक्षण देखिएको छ । जिल्ला अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जटिल प्रकृतिको अवस्था भए आफूहरुले पनि त्यसलाई प्रत्यक्ष निगरानीमा राख्ने बताउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #मौसमी फ्लुको सङ्क्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्