रुपन्देही कांग्रेसका एक नेता अर्कैकी श्रीमतीसँग रंगेहात पक्राउ
रुपन्देही कांग्रेसका एक नेता अर्कैकी श्रीमतीसँग रंगेहात पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१२ बेलबासकी एक स्थानीय महिलासँग मादक पदार्थ सेवन गरिरहेको अवस्थामा कांग्रेस नेता पक्राउ परेका हुन । पक्राउ पर्नेमा नेपाली कांग्रेस रुपन्देही ५ का क्षेत्रीय कोषाध्यक्ष सैनामैना नगरपालिका–१० सालझण्डी निवासी हरी पोखरेल छन् ।
पोखरेल गत प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारमा दावेदारी प्रस्तुत गरेका थिए । यद्यपि उनलाई कांग्रेसले निर्वाचनमा टिकट भने दिएको थिएन । पक्राउ परेकी महिला नेकपाकी कार्याकर्ता रहेको र केही महिना अघि उनलाई पार्टीले कारबाही गरेको बुझिएको छ ।
बुटवल उपमहानगरपालिका–१२ बेलबासकी एक महिलास।ँग मादक पदार्थ सेवन गर्दै गरेको अवस्थामा उनका श्रीमानले रंगेहात फेला पारी प्रहरीलाई खबर गरेका थिए । ‘मैले प्रहरीलाई खवर गरेको हँु, प्रहरी आएर दुवैलाई लगेको छ,’ ती महिलाका श्रीमानले भने ।
पोखरेल र ती महिला कोठामा मादक पदार्थ सेवन गर्दै अश्लील चलचित्र हेर्दै गरेको अवस्थामा प्रहरी लिएर महिलाका श्रीमान् कोठामा पुगेका थिए । प्रहरीले कोठाबाटै नियन्त्रणमा लिएको उनीहरुलाई महिलाका श्रीमानले दिएको उजुरी पछि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । समाचार, फोटो शिलापत्र अनलाईनबाट साभार गरीएको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #अर्कैकी श्रीमतीसँग रंगेहात पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्