फेसियल हाउसको ‘तीज आयो’ बोलको गीत गीतबाट चर्चा बटुल्दै
काठमाडौं, १४ भाद्र – सुश्मा महरा सफल सौन्दर्य विद एबम् सौन्दर्य ब्यवसायीको रुपमा स्थापित नाम हो । सिर्जशिलतामा रमाउने स्वभावकी सुश्मा आफुले आर्जन गरेको ज्ञान शिप र अनुभव अरुका लागि पनि उपयोगी बन्न सकोस भन्ने सोच राख्ने गर्दछिन ।
विगत दुई दशक देखी सौन्दर्यको क्षेत्रमा सकृय रहदै आउने क्रममा उनी सौन्दर्य सम्बन्धी प्रशिक्षणमा अभ्यस्त रहने र यदाकदा स्तम्भ समेत लेख्ने गर्दै आएकी छिन् । त्यसो त काठमान्डौ उध्योग वानिज्य संघको कोसाध्यछे र काठमान्डौ मल ब्यापार संघको अध्य क्षको जिम्मेवेरीलाई वहन गर्दै उनले ब्यवसायीहरुको हकहितका निम्ती समेत काम गरेकी छिन् । पछील्लो समयमा उनै सुश्मा गीतकार एबम कलाकारको भूमिकामा देखा परेकी छिन् ।
केही दिन अघि मात्रै फेसियल हाउसले सार्वजनिक गरेको ‘तीज आयो’ बोलको गीतको म्यूजिक भिडियोले हाल युटुबमा १ लाख भ्युवरशिप पाई सकेको छ ।
अपलोड भएको छोटो समय मै उक्त गीत दर्शक एबम श्रोताको रोजाईमा पर्न सफल भएको छ । अपलोड भएको छोटो समयमा राम्रो भ्युअरशिप भएको तीज आयोले आम दर्शक एबम श्रोताको मन खिच्दै आएको छ । सुष्माको शब्द, मिना निरौलाको संगीत र स्वरमा तयार भएको गीतमा अभिनेत्री निता ढुङ्गानासंगै सुष्मा स्वयम सुश्माले पनि नृत्य गरेकी छिन् । गीतको एरेञ्ज निरज श्रेष्ठले गरेका हुन् ।
क्याटेगोरी : विशेष
ट्याग : #डेव्यु गीत, #तीज आयो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्