गुल्मी अपडेड : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो
काठमाडाैँ, ७ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । अझै दुई जना वेपत्ता भएका छन् । पहिरोले घरहरु बगाउँदा सत्यवती गाउँपालिका वडा नम्बर ३ मा २ जना र ४ मा ८ जनाको मृत्यु भएको हो ।
वडा नम्बर चार भिरकुनामा गाउँमाथिबाट आएको पहिरोले घर पुरिदा ३२ वर्षकी निर्मला विक, २९ वर्षकी पम्फा विक, १२ वर्षकी अञ्जली विक, ५ वर्षका हिमांशु विक, ७० वर्षका छली विक, ९ वर्षकी सिवानी विक, ९ वर्षकै तारा विका र नाम नखुलेका एक वर्षीय बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
६ साउनदेखि लगातार भइरहेको वर्षाका कारण गएराति तीन बजे गाउँ माथिबाट आएको पहिरोले छलि विक, चन्द्र बहादुर विक, धन बहादुर विकको घर बगाउँदा उनीहरुकाे मृत्यु भएकाे हाे ।
त्यस्तै वडा नम्बर ३ ठूलोलुम्पेकको दाङसिङ्गामा पहिरोले घर बगाउँदा तिलकुमारी तरामु र उनका छोरा दर्शन तरामुको मृत्यु भएको छ ।
तिलकुमारीकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी तरामु घाइते भएका छन् । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ । तर, गाउँबाट बाहिर जाने सडक अबरुद्ध भएको र पानी परिरहेकोले उपचारका लागि लैजान समस्या भएको छ ।
लुम्पेककै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किएँदा दुई जना हराइरहेका छन् । अहिले प्रहरी र स्थानीयबासिन्दाले उनीहरुको खोजी गरिरहेका छन् ।
वडा नम्बर चार भिरकुनामा पहिरोले सूर्यलाल पौडेल, चन्द्र बहादुर विक, रीता विक, बनबहादुर विक, परी विकको घर पनि पुरेको छ । तर, पहिरो आएको थाहा पाएपछि ती घरमा मानिसहरु भागेर ज्यान जोगाएका थिए ।
लिम्घामा इलाका प्रहरी कार्यालय खैरेनी र ठूलोलुम्पेकमा इलाका प्रहरी कार्यालय रीडिबाट प्रहरी टोली पुगेको छ । ती वडाहरुमा सबै सडकहरु पहिरोले भत्काएपछि यातायात अबरुद्ध भएको गुल्मी प्रहरीले जनाएको छ ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्