स्थानीय तहको लोकसेवा पास गर्न नालान्दा फाउण्डेशनको नयाँ सुत्र
काठमाडौ । लोकसेवा आयोगद्वारा लिइने परीक्षाहरुलाई केन्द्रित गरी प्रशिक्षित गराउने उदेश्यले अनामनगर भाटभटेनीको पूर्वपट्टी अवस्थित नालान्दा फाउन्डेशनले विविध परीक्षाहरु प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालबाट शुभारम्भ गरेको छ ।
नेपालका ख्यातिप्राप्त प्रशिक्षकहरु संलग्न गराई लोकसेवाका सम्पूर्ण परीक्षाहरु, बैकिङ्ग क्षेत्र, प्राविधिक तर्फ इन्जिनियर, सभओभरसियर, जेटिए, कम्युटर अपरेटरसहित विशेषगरी भर्खरै खुलेका स्थानीय तहका चौथों, पाँचौ र छैठौं तहलाई महत्व दिएर फाउण्डेशनले आफ्नो कक्षाहरु सुचारु गरेको छ ।

फाउण्डेशनद्वारा सञ्चालित लोकसेवा परीक्षाको कक्षा सुभारम्भमा अध्यक्ष दाहालले नेपालको प्रशासनिक इतिहासमा ठुलो तहमा रोजगारीको अवसर खुलेको सन्दर्भ उल्लेख गर्दै युवा पुस्ताहरुलाई विधिको शासन स्थापित गर्न र मुलुकलाई समृद्धतर्फ उन्मुख गराउन पनि युवावर्ग लोकसेवामार्फत प्रशासन क्षेत्रभित्र प्रवेश गर्न जरुरी रहेको बताउनुभयो । अध्यक्ष दाहालले काँधमा जिम्मेवारी, काममा इमान्दारी र मष्तिष्कमा समझदारी राख्दै युवावर्गले सेवा प्रवेश गर्नुपर्ने आजको आवश्यता भएको सन्दर्भ उल्लेख गर्नुभयो ।
मुलुकमा अब निराशा होइन उत्साह जगाउनपनि युवावर्ग नालान्दा फाउण्डेशनको कक्षामा प्रवेश गरी लोकसेवा पास गर्न सक्षम हुन सक्नुहोस् भन्दै सम्पूर्ण लोकसेवामा सहभागि हुनुहुने युवाहरुलाई शुभकामना दिनुभयो ।
दाहालले ख्यातिप्राप्त प्रशिक्षकहरु सम्मिलित गराई लोकसेवा सञ्चालन गर्ने अभियानमा लागेको नालान्दा फाउण्डेशनले धेरै भन्दा धेरै युवा वर्गहरुलाई प्रशासन क्षेत्रमा प्रवेश गराउन सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिनुभएको थियो ।
त्यसैगरी कक्षामा सहभागि भएकाहरुलाई लोकसेवा पास गर्न समयको महत्व बुझ्ने र निरन्तर अध्ययनमा लागे सफलता टाढा छैन भन्ने कुरा बतउनुभयो । नालान्दाले सञ्चालन गरेको लोक सेवा तयारी कक्षामा ख्यातिप्राप्त प्रशिक्षकहरुले प्रशासन र प्राविधिक दुवै तर्फका कक्षाहरु सञ्चालन गरेका थिए ।
क्याटेगोरी : विशेष
ट्याग : #स्थानीय तहको लोकसेवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्