‘डन’ प्रहरी निरीक्षक, ‘टोले गुण्डा’ले जस्तै उठाउँछन् हप्ता
काठमाडौं, २५ वैशाख । बारा जिल्लामा ट्राफिक प्रहरीले ट्रकहरूसँग ५० देखि १०० रुपियाँसम्म घुस लिने गरेको रहस्य बाहिर आएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैयामा रहेको ट्राफिक प्रहरीले महेन्द्र राजमार्गमा बिट राखेर सयौँ ट्रकहरूसँग घुसको पैसा उठाउने गरेको रहस्य बाहिर आएको हो । पथलैया बिटबाट पीडित हुनेहरूले लामो समयदेखि गुनासो गर्दै आएका थिए ।
पथलैयाका ट्राफिक प्रहरीका निरीक्षक रिपेन्द्र सिंहले असईलाई बिटमा राखेर ५० देखि १०० रुपियाँ संकलन गरेको भिडियो ‘सिधा कुरा जनतासँग’ टेलिभिजन देखाइएको छ ।
५० देखि १०० सय रुपियाँसम्म घुस उठाइरहेको भिडियो खिच्ने पत्रकारलाई समेत निरीक्षक सिंहले अपशब्द बोल्नुका साथै भिडियो र मोबाइल खोस्न खोजेका थिए ।
निरीक्षक सिंहले ईञ्चार्ज बनेर आएपछि ट्रकहरूबाट अबै पैसा उठाउने कार्यलाई तिब्र बनाएको आरोप छ ।
ट्रकका चालक र सहचालकहरूले चियाखान ट्राफिक प्रहरीले ५० देखि १०० रुपियाँसम्म माग्ने गरेपछि दिने गरेको बताएका छन् । पैसा नदिने ट्रकहरूलाई ट्रफिक प्रहरीले दुःख दिएर हैरान बनाउने गरेको पीडितहरूको भनाइ छ ।
रु ५० देखि १०० सम्म उठाउँदा एकै दिन पचास हजारसम्म संकलन हुने गरेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #डन’ प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा








तपाईको कमेन्ट लेख्नुहोस्