धर्मस्थलीका समिट तिमिल्सिनाले अँगालो मारेर वल्र्ड रेकर्ड राख्दै
काठमाडौंको तारकेश्वर नगरपालीका नेपालटारस्थित गुरुकुल पब्लिक स्कुलको कक्षा ८ मा अध्यननरत १४ वर्षिय मेधावी विधार्थी समिट तिमिल्सिनाले एक मिनेटमा १ सय १३ व्यक्तिसँग अँगालो मारेका छन् ।
यसअघि अमेरिकाका जसोन राइटरले वल्र्ड रेकर्ड कायम गर्दै आएका थियो । जसोनले सन् २०१७ अक्टोबर मा ८६ जनासँग अँगालो हालेर आफ्नो रेकर्ड कायम गर्दै आएको थियो । तर तिमिल्सिनाको प्रस्तुत सफलतासंगै यो रकेर्ड नेपालका समिटको नाममा आउँने भएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमकावीच नेपाल सरकारका पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुखआतिथ्यता एवमे तारकेश्वर नगरपालीकाका प्रमुखको विशेष आतिथ्यतामा आयोजित एक कार्यक्रमकावीच तिमिल्सिनाले वल्र्ड रेकर्डका लागि एक मिनेटमा एकसय १३ जनासँग अँगालो मारेका हुन् ।
कार्यक्रममा समिटको सफलताको लागि विधालय परिवार, उनका अभिभावक एवम् विशिष्ट अतिथीहरुले शुभकामना दिदै मुलुक र आफ्नो विधालयको प्रतिष्ठा अभिवृद्धिमा महत्वपूर्ण योगदान गरकोमा खुसी अभिव्यक्त गरेका छन ।
क्याटेगोरी : विशेष
ट्याग : #समिट तिमिल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्