सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउने २९ चालक काराबाही
ट्राफिक प्रहरीले सार्वजनिक बिदाको दिन विनापास सरकारी तथा संस्थानका सवारी साधन चलाउने २९ चालकलाई काराबाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले आज विनापास सरकारी तथा संस्थानको सवारी चलाउने उक्त चालकलाई कारवाही गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले सार्वजनिक बिदाको दिन पास नलिई सवारी चलाउने चालकलाई कारबाही गरेको बताउनुभयो । महाशाखाले फागुन २४ गते पनि १७ सरकारी तथा संस्थानको सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।
महाशाखाले सार्वजनिक बिदाका दिनमा सरकारी तथा संस्थानका सवारी साधनलाई पास लिएर चलाउन आग्रहसमेत गरेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #सरकारी सवारी साधन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्