ललितपुरमा जब जनप्रतिनिधि झाडु लिएर सडकमा निस्किए …
ललितपुर । विश्वले देख्ने र देशकै लागि गौरवको रुपमा रहेको काठमाडौं उपत्यकाको एउटा महत्वपूर्ण खण्ड ललितपुर चक्रपथ र ललितपुर महानगरलाई सरसफाई तथा स्वच्छतामार्फत सुन्दर बनाउन ललितपुर ३ का सांसद पम्फा भुषाल र ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन शनिवार झाडु लिएर सानेपा नख्खु खण्डको सडकमा निस्किँदा स्थानीय संघसंस्था, नागरिक समुदाय तथा सफाई क्षेत्रमा क्रियाशील संघसंस्थाले साथ दिएका थिए ।
ललितपुर चक्रपथ सरसफाई तथा सुन्दरता अभियानको दोश्रो हप्ताको सरसफाई कार्यक्रम सांसद भुषाल, महानगरका मेयर महर्जन, प्रदेश सांसद राजकाजी महर्जन, महानगर उपप्रमुख गीता सत्याल, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न सरसफाई सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरु र प्रहरीका विभिन्न युनिटको सहभागिता रहेको थियो । प्रतिष्ष्ठित व्यक्तित्वहरुको सहभागितामा भएको अभियानमा क्रमश स्थानीय सहभागिता बढ्ने क्रममा रहेको अभियान संयोजक लक्ष्मीप्रसाद गेलालले बताउनुभयो । अभियानले चक्रपथसंग जोडिएका घर पसल तथा औद्योगिक संघसंस्थाहरुलाई सचेत गर्दै सरसफाई अभियानमा परिचालन गरिएको अभियानका सदस्य सचिव सशदेव राउतले बताउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #झाडु लिएर सडकमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्