कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषिमा आधुनिकीकरण आवश्यक भएको बताउनुभएको छ ।
जैविक विविधता संरक्षण समितिको आयोजनामा तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा आजदेखि शुरु भएको पुर्कोट कृषि जैविक औद्योगिक मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले कृषिमा आधुनिकीकरण र व्यवसायीकरण भएमात्रै कृषिबाट आत्मनिर्भर बन्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “फेरि एकपटक नेपाललाई कृषिमा आत्मनिर्भर मात्रै होइन कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने अवस्थामा पु¥याउन जरुरी छ । त्यसका लागि बोल्ने होइन काम गरेर देखाउनु पर्दछ ।”
सांसद कृष्णकुमार श्रेष्ठले निर्वाहमुखी कृषिले मात्रै आत्मनिर्भर बन्न सकिने बताउँदै व्यवसायमुखी कृषिमा अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो । मेला संयोजक सीताराम बजगाईंले असल गुण भएका विभिन्न प्रजातिका स्थानीय बाली संरक्षण गर्ने, स्थानीय उत्पादनलाई जोड दिँदै विविधीकरण गरी प्रयोगमा सचेतना अभिवृद्धि तथा अर्गानिक उत्पादनमा जोड दिने उद्देश्यले रहेको बताउनुभयो ।
मेलामा १५० स्थानीय बालीको प्रदर्शनी तथा बिक्री वितरण, बाँसका हस्तकलाका सामग्रीको प्रदर्शनी, कृषिउपज तथा पशुपक्षीको प्रदर्शनी, स्थानीय कला, संस्कृति साथै विभिन्न झाँकीको प्रस्तुति आकर्षणका रुपमा रहेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #गणेशप्रसाद तिमिल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्