बालाजुका डिएसपी कोईरालाको बिदाई एवं नयाँ डिएसपी राणाको भब्य स्वागत
जिल्ला प्रहरी कार्यालय वाग्लुङमा सरुवा भएका महानगरीय प्रहरी वृत बालाजुमा कार्यरत डिएसपी चिरन्जिवी कोईरालाको एक कार्यक्रम बीच विदाई गरिएको छ भने नयाँ डिएसपी बालनरसिंह राणाको स्वागत गरिएको छ ।
विगत ६ महिना देखि महानगरीय प्रहरी वृत बालाजुमा कार्यरत रहेका उनको सरुवा भएपछि स्थानिय जनप्रतिनिधि , नागरिक समाज , पत्रकार , लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल, बालाजु होटल व्यवसायी, नागरिक प्रहरी समन्वय समिति लगायतका संस्थाहरुले फरकफरक कार्यक्रमको आयोजना गरी विदाई गरिएको थियो ।
विदाई कार्यक्रममा कोईरालाले ६ महिना बालाजु वृत बसाईको अवधीमा स्थानीयहरुको धेरै माया पाउनुका साथै नागरीकको माया र साथ पाएको बताए ।
छोटो समयमा स्थानिय नागरीकको मन जित्न सफल भएका डि.एस.पी कोइरालाको बिदाइका खबरले केही बृद्धाहरुले आखाँबाट आसु समेत झारेका थिए ।
बालनरसिंह राणाको स्वागत
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार ५ जना डिएसपीको सरुवा गरिएको छ । महानगरीय प्रहरी वृत, बालाजुमा डिएसपी बालनरसिंह राणाको काज सरुवा भएको हो ।
स्थानमा नागरीकको शान्ति शुरक्षामा कुनै सम्झौता नगर्ने र सो क्षेत्रमा शान्ति शुरक्षा कायम राख्न आफु नेतृत्वको प्रशासन प्रतिबद्ध रहने बालनरसिंह राणाले बताए ।
क्याटेगोरी : विशेष
ट्याग : #बालाजुका डिएसपी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्