ओली सरकारका पछिल्ला नियुक्ति : सही व्यक्ति सही जिम्मेवारी
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामलाई चुस्त, प्रभावकारी र गतीशील बनाउन नियुक्तिका केही प्रभाविला निर्णय गर्नुभएको छ । मन्त्रीपरिषद्ले भारतको राजदुतमा पूर्वमन्त्री निलाम्बर आचार्यलाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख स्वकीय सचिवमा लामो समयदेखि आफ्ना प्रमुख सहयोगीको रुपमा रहेका इन्द्र भण्डारीलाई नै प्रमुख स्वकीय सचिवमा नियुक्ति गर्नुभएको छ । यस्तै प्रमुख विदेश मामिला सल्लाहकारमा राजन भट्टराईलाई नियुक्त गर्नुभएको छ ।
यस्तै राष्ट्रिय खेलकुद परिषदको सदस्यमा पिताम्बर तिम्सिना र इन्दिरा निरौलालाई नियुक्त गर्नुभएको छ । तिमल्सिना यसअघि राखेपका उपाध्यक्ष हुनुहुन्थ्यो । सरकारका निर्णयहरु तत्काल सार्वजनिक नगर्ने निर्णय भएको पनि प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी गराउनुभएको
छ ।
हिजो राती अवेरसम्म बसेको मन्त्रिपरिषद बैठकले डा भट्टराईलाई परराष्ट्र सल्लाहकार नियुक्त गरेको हो । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार हुनुहुन्थ्यो । पूर्वसांसद भट्रराई नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्यको जिम्मेवारी पनि सफलतापुर्वक सम्पन्न गर्नुभएको थियो । यसैगरी मन्त्रिपरिषद बैठकले नागरिक लगानी कोषको प्रमुख कार्यकारी अधिकृतमा रमन नेपाललाई नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त नेपाल कुसल ब्यवस्थापक हुनुहुन्छ ।
क्याटेगोरी : विशेष
ट्याग : #ओली सरकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्