हुस्सुका कारण हवाई उडान अवरुद्ध
बाँकेमा आज बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन ।
हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख हुने सम्पूर्ण हवाई उडान हुनसकेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख रबिना पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार साना र ठूला हवाई जहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुननसकेको हो । बाँकेमा आज बिहान ५० मिटर मात्र भिजिविलिटी रहेको पाण्डेले बताउनुभयोे । सानो जहाज उडानका लागि एक हजार ६०० देखि दुई हजारसम्म र ठूला जहाजका लागि दुई हजारभन्दा माथि भिजिविलिटी हुनुपर्ने हुन्छ ।
अहिले नेपालगञ्जको अधिकतम तापक्रम १६ रहेको छ भने न्यूनतम तापक्रम १३.५ रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख पाण्डेले जानकारी दिनुभयो । “मौसममा सुधार आए पनि अहिलेसम्म पुरै आकाश खुलेको छैन । यो क्रम केही दिनसम्म रहने सम्भावना छ”, उहाँले भन्नुभयो ।
नेपालगञ्ज विमानस्थल सुरक्षा इन्चार्ज प्रहरी नायब निरीक्षक दिनेश विष्टले बिहानपख हुने कर्णाली क्षेत्र र काठमाडाँैका उडान हुननसकेको जानकारी दिनुभयो । नेपालगञ्ज विमानस्थलबाट बिहान कर्णालीका डोल्पा, हुम्ला मुगु र काठमाडौँका लागि उडान हुने गर्दछ । मौसममा सुधार आउनासाथ उडान गर्ने तयारी भएको विष्टले बताउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #उडान अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्