वरिष्ठ नेता पौडेलकै गृह जिल्लाका कांग्रेस नेताहरुले दिए सामूहिक राजीनामा

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा कांग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेदवार दिएका छन् ।
एकातिर नेपाली कांग्रेसबाट साधरण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहको नेकपा एमालेसँग तालमेल अर्कोतिर टिकट वितरणमा असन्तुष्टले धमाधम राजीनामा दिन थालेसँगै कांग्रेस चेपुवामा परेको छ ।
दमौलीमा मंगलबार पत्रकार सम्मेलन गर्दै व्यास नगरपालिकाको मेयरका आकांक्षी भए पनि टिकट नपाएका कांग्रेस तनहुँ जिल्ला कार्यसमितिका पूर्व सचिव विश्व बास्तोलासहित सात जना नेताले राजीनामा दिएका छन् ।
शुक्लागण्डकी नगरपालिकाको मेयरका आकांक्षी महेश्वर भट्टराईले पनि राजीनामा दिएका छन् । उनी महासमिति सदस्य पनि हुन् । उनले सोमबार शुक्लागण्डकीको मेयरमा बागी उम्मेदवारीसमेत दिएका छन् ।
शुक्लागण्डकीका कांग्रेस नेता दिपेन्द्र पौडेल, ऋषिराम महतसहित व्यासका चुणमणि दाहाल, दीर्घा थापा र बाबुराम बगालेले पनि मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिए ।
पौडेलले शुक्लागण्डकी नगरपालिका–३ को वडाध्यक्षमा, महतले वडा नम्बर ८ को वडाध्यक्षमा, दाहालले व्यास नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा र थापाले वडा नम्बर २ को वडाध्यक्षमा बागी उम्मेदवारी दर्ता गराएका छन् ।
व्यासको मेयरमा पुराना कांग्रेसी नेता नेता बृषराज श्रेष्ठको पनि बागी उम्मेदवारी परेको छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेस नेता मानकाजी श्रेष्ठले बागी उम्मेदवारी दिएका छन् । तनहुँमा कांग्रेसका कार्यकर्ताहरुले पैसामा टिकट वितरणको आरोप लगाएका छन् ।
क्याटेगोरी : विशेष, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्