चुरोट छोड्न चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय
चुरोटले स्वास्थ्यमा असर गर्छ भन्ने थाहा हुँदा हुँदै पनि कतियपले चुरोटको लत छोड्न सकेका हुँदैनन् ।
चुरोटको लत छुटाउन भारतले हालै हेल्पलाइन सेवा सुरु गरेको छ। उक्त हेल्पलाइन सेवाले चुरोट तथा सूर्तिजन्य पदार्थ छाड्न दिने गरेको सुझाव यस्ता छन्ः
-बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर दैनिक पिउने ।
-जब चुरोट पिउन तलतल लाग्छ, आफैले आफैलाई सम्झाउनु कि ‘मलाई चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ।
-चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईंलाई चुरोट पिउन मन लाग्नेछ ।
यस्तो बेला तपाईं आरामसँग बस्नोस् र लामो श्वास तानेर पानी पिउनुहोस् । यसो गर्दा तपाईंको ध्यान अन्तै मोडिन्छ।
-अमलालाई घाममा सुकाउनुहोस्, त्यसमा कागती र नुन हालेर बट्टामा राख्नुहोस् र जतिबेला पनि आफ्नै साथमा राख्नुहोस् । जब चुरोट पिउने तल्तल् लाग्छ, त्यतिबेला बट्टाको अमला थोरै–थोरै निकालेर खानुहोस् । यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलका जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ।
चुरोट तथा सूर्तिजन्य पदार्थ छाड्दा सुरुका दिनमा चिडचिड हुने, नैराश्य हुने, छटपटी हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षणले कसको कति चुरोट खाने बानी थियो भन्ने कुरा पनि पत्ता लाग्ने बताइएको छ।
क्याटेगोरी : विशेष
ट्याग : #चुरोट छोड्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्