एमालेसँग आत्तिएका विरोधीले आफ्नै सरकार चलाए : ओली

खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपाल गरिब देश होइन रहेछ’ भन्ने राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएको परिणाम एमालेलाई सत्ताच्यूत गरिएको बताएका छन् ।
नेकपा एमाले खोटाङले शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हामी आफै विकास गर्न सक्छौँ’ भन्ने राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएकै परिणाम बिरोधीले एमालेलाई सरकारबाट हटाएको बताएका हुन् ।’
वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफै बनाऔँदेखि विकासको नयाँ लहर ल्याएको देखेर एमालेले सँधै सरकार चलाउने र आफु सत्तामा पुग्न नपाउने त्रासले आत्तिएका बिरोधीले जालझेल र षडयन्त्र गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षको ठाउँमा पुर्याएको अध्यक्ष ओलीको भनाइ थियो ।
‘एमालेको नेतृत्वमा विकासको नयाँ लहर सुरु भयो, पुःननिर्माणको लहर सुरु गर्यो, हामी विकास गर्न सक्ने रहेछौँ, नेपाल सँधै गरीब हुने देश होईन रहेछ भन्ने राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय आतमबिश्वास अगाडि बढायौँ,’ अध्यक्ष ओलीले भने, ‘तर बिरोधीहरु आत्तिए, एमालेले सँधै सरकार बनाउने भो, सँधै एमालेले सत्ता चलाउने भो, उनीहरु आउन नपाउने भए भनेर आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई सरकारबाट हटाएको हो ।’
उपाध्यक्ष रामबहादुर थापा बादललाई लिएर खोटाङ पुगेका अध्यक्ष ओलीले टुटफुटले एमालेलाई कुनै असर नपुगेको दावी गरे । उनले केही नेताले पार्टी छाडे पनि अहिले एमाले कमजोर नभै थप सुदृढ भएको बताए । ‘२०५४ सालमा एमाले फुटाइयो तर एमाले जस्ताको तस्तै ।
क्याटेगोरी :
विशेष
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्