भ्यागुताको धार्नी बनाउन कथित गठबन्धन : नेता विष्णु रिजाल

काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले सत्ता गठबन्धनलाई अवसरवाद र त्रासको गठबन्धन बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धनको निर्णय गरेसँगै एमाले प्रचार विभाग उपप्रमुखसमेत रहेका रिजालले भ्यागुताको धार्नी बनाउन कथित गठबन्धन बताएका हुन् ।
सत्ता गठबन्धनका नेकपा माओवादी र एकीकृत समाजवादी यो समीकरणलाई संसदीय चुनावसम्मै लग्नुपर्ने मतमा छन् ।
नेता रिजालले बुधबार बिहान फेसबुकमा लेखेका छन्, ‘एमाले र केपी ओलीको विरोध गर्नुबाहेक आठ महिनासम्म सत्तापक्षले जनतासमक्ष भन्नका लागि एउटा पनि काम गर्न सकेको छैन, ओली सरकारको पालामा निर्माण भएका योजनाहरुको टुटी खोल्न हेलिकोप्टर चढेर रमाइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्टै भनेका छन्, ‘एमाले बलियो छ, एक्लै लड्न सकिन्न ।’
उनले अगाडि लेखेका छन्, ‘त्यही भएर भ्यागुताको धानी (धार्नी) बनाउन उनीहरुले कथित गठबन्धन भनिरहेका छन्, सिद्धान्त, विचार, झण्डा, कार्यनीति, रणनीति, कार्यदिशा, शब्द प्रयोग जस्ता कुनै पनि कुरा नमिल्नेहरुबीचको गठबन्धन अवसरवाद र त्रासको गठबन्धनको हुन्छ, हामीले बुझ्छौँ र प्रस्ट छौँ, सत्तारुढ गठबन्धन हामीसँग जति आतंकित भइरहेको छ, हाम्रो लोकप्रियता र शक्ति त्यति बढिरहेको छ ।’
घेराबन्दी र षड्यन्त्रलाई परास्त गर्दै अत्यधिक बहुमतसहित पहिलो शक्ति हुनबाट एमालेलाई कसैले रोक्न नसक्ने उनले जिकिर गरेका छन् ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्