Techie IT
बिहीबार, वैशाख २५,२०८२

तीनदिने भ्रमणको लागि चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउने


काठमाडौं । तीनदिने भ्रमणको लागि चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेको स्रोतले जनाएको छ ।

नेपालमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना रुपमा लिइएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : विशेष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:17 am6:42 pm +0545