बाख्रीमा सुपर ग्लू टाँसेर खसी बनाई विक्रि
चाडपर्वको बेलामा मासुको माग बढ्दा खसीको मासुमा बाख्राको मासु मिसाएर बेच्ने घटना सार्वजनिक भएको छ । बजार अनुगमनको क्रममा परासी बजारमा खसीको मासु देखिने गरि सुपर ग्लुले टाँसेर बेच्दै गरेको फेला परेपछि रहस्य सार्वजनिक भएको हो । बुधबार परासीको साप्ताहिक बुधबारे हाटबजार अनुगमन गर्ने क्रममा समितिले मासुमा भैरहेको यस्तो पनि गलत कार्य भेट्यो जुन सुनेर धेरै व्यक्तिलाई अचम्मित बनायो ।
अनुगमन समितिले एक खसी मासु पसलमा पुगेर मासु हेर्न थालेपछि बाख्रीको मासुमा सुपरग्लुले केहि भाग खसीको टाँसेर खसीको रेटमा बाख्रीको मासु बेचिरहेको ब्यापारीले समितिलाई देखेर भागेपछि मात्र सो रहस्य बाहिर आएको अनुगमन समितिले जनाएको हो । हाटबजारमा ६ सय ५० देखि ७ सय रूपैयाँ प्रति किलो खसी मासुको रेटमा मासु व्यवसायीहरू सोझासाझा उपभोक्ताहरूलाई झुक्याउँदै, ठग्दै धामाधम बाख्रीको मासु बेचिरहेको पाइएको समितिका सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए ।
उनका अनुसार मासु हेर्दा ७५ प्रतिशत भाग बाख्री र सोझै देखिने गरि २५ प्रतिशत मात्र खशीको मासु सुपरग्लुले टाँसेर बेचिरहेको थियो । त्यसैमा प्रयोग गर्ने तराजु पनि १ सय ग्राम देखि ३ सय ५० ग्राम कम तौल रहेको पाइएको छ । मासु व्यवसायीहरू एकातिर खशीको मासुको रेटमा झुक्काएर बाख्रीको मासु बेच्ने अर्कोतर्फ सुपर ग्लु जस्तो पदार्थको प्रयोगले त्यो मासु खान कतिको उचित र अनुचित हुन्छ त्यो तपाई उपभोक्ताले नै विचार गर्नुपर्ने कुरा हो । एकातिर मासु शुद्ध छैन अर्कोतर्फ उचित मूल्य र मूल्यमा एकरूपता छैन ।
फुटपातमा बेचिने मासु बिक्रीबाट बचेपछि घर लगेर फ्रिजमा पनि हालिँदैन त्यहि बिग्रेको मासु भोलिपल्ट फेरि अर्को बजारमा आइपुग्छ । जिल्लाको सदरमुकाम परासी बजारमा रहेको आधा दर्जन मात्र खसीको मासु पसल दर्ता छन् । जिल्लाको विभिन्न हाटबजार र फुटपातमा लगाइने खसीको मासु पसल सय भन्दा बढि नै छन् तर ९० भन्दा बढि पसल नै दर्तामा छैनन् ।
खशीको मासु बेच्ने मासु व्यवसायीहरू गाउँ–गाउँमा खरिद गरेका बाख्रीहरूलाई खशीको मासु भन्दै उपभोक्ताहरूलाई झुक्याउने र ठग्ने गरेका छन यसको नियन्त्रण र निरन्तर अनुगनमका लागि अनुगमन समिती र सम्बन्धित निकाय भने मौन बसेको छ । खसी मात्र होईन, कुखराको मासु पसलमा पनि उस्तै हालत छ । सदरमुकाम परासी बजारमा रहेको एक दर्जन भन्दा बढि पसल सम्बन्धित निकायमा दर्ता छैनन तर जिल्ला भरि हेर्ने हो भने सयौँको संख्यामा कुखुराको मासु पसल छन् ।
सडकका छेउ–छाउ र हाटबजारमा अव्यस्थित तथा दर्ता नभएको कुखुरा मासु पसललाइ पनि नियन्त्रण गर्ने तर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन । परासी लगायत सिमा क्षेत्रका बजारहरूमा रहेको अधिकांश कुखुरा मासु पसलले भारतबाट बर्डफ्लु संक्रमण भएको कुखुरा एवं अवैध कुखुरा नेपाल भित्राई सोको मासु विक्री वितरण गरेको पाईन्छ । भारतीय कुखुरा र कुखुराको चल्ला नेपालमा प्रतिबन्ध लगाइएपनि अधिकांश मासु व्यवसायीहरू भारतबाट नै कुखुराहरू ल्याई मासु विक्री वितरण गरिरहेको स्थानिय बताउछन् । बजार अनुगमनबाट विभिन्न अखाद्य बस्तु, कमतौल भएको ढक तराजु पाइएको समितिले जनाएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #बाख्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्