सुशीला कार्कीको आत्मकथा ‘न्याय’लोकार्पण
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ नामक पुस्तक बजारमा आएको छ ।
सो पुस्तकको मूल्य रु ९०० रहेको छ । पुस्तकमा कार्कीले आफू कलेजमा अध्ययनदेखि भारतको बनारसमा प्राप्त अनुभव तथा न्याय क्षेत्रमा प्रवेश गर्दादेखि न्यायाधीश नियुक्तिमा देखिएको चलखेल, भ्रष्टाचार, न्यायिक संस्थालाई कमजोर बनाउने प्रयास तथा समाजमा नैतिकवान पात्रको खडेरीजस्ता विषयलाई सरल भाषामा प्रस्तुत गरिएको छ ।
सो अवसरमा कार्कीले न्यायपालिका स्वतन्त्र भए मात्र लोकतन्त्र फस्टाउन सक्ने बताउँदै न्यायालयमा वकालत गर्दा कमीकमजोरी तथा सुधारको कुरा पुस्तकमा उतार्ने काम गरेको बताउनुभयो ।
उहाँले कसैको चित्त दुखाउने मनसायले आफूले आत्मकथा नलेखेको स्पष्ट पार्दै न्यायालयमा स्वतन्त्र तथा निर्भिक न्यायाधीशको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।
शिक्षाविद् केदारभक्त माथेमाले पूर्वप्रन्या कार्की इमान्दार, निष्ठावान तथा निडर महिला न्यायमूर्ति भएको टिप्पणी गर्नुभयो ।
न्यायाधीश कार्कीका पति दुर्गा सुवेदीले सुशीला कार्कीको न्याय क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ४टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ७विशेष महाधिवेशन पक्षधरको दबाब: १६५ क्षेत्रमा उम्मेदवारी, ६६ सिट सुनिश्चित गर्नुपर्ने
- ८तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी






तपाईको कमेन्ट लेख्नुहोस्