पौने सात करोड पचाउन नेताको घरदैलोमा व्यापारी तिमल्सिना
काठमाडौं । रसुवागढी नाका हुँदै अवैध तवरले व्यापार गर्दै आएका एक व्यापारी पौने सात करोड रुपैयाँ पचाउन नेताको घरदैलो चहारिरहेको रहस्य खुलेको छ । अवैध रुपमा नाका पार गरी काठमाडौं ल्याउन लागेको पौने सात करोड रुपैयाँको सामानसहितको कन्टेनर राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि छुटाउनका लागि व्यापारी नवराज तिमल्सिनाले नेताको घरदैलो चहार्न थालेका हुन् ।
विभागले एक साताअघि ना ६ ख ६६५२ नम्बरको कन्टेनर अवैध सामानससिहत नियन्त्रणमा लिएको थियो । विभागले उक्त अवैध सामानको मूल्य पौने सात करोड तोकेर विगो तिराउने निर्णय गरिसकेको छ । तर, तिमल्सिनाले भने उक्त सामान आफ्नो नभएर अरु विभिन्न फर्मको भएको बताउँदै आएका छन् । विगो तिर्नबाट पन्छन उनले अरु विजनेश फर्मको नाम लिएको राजश्व विभागले बुझिसकेको छ । उनले विभिन्न फर्मको नाममा अवैध सामान लोड गरेर यसअघि पनि करोडौं रुपैयाँ भन्सार छलेरको आरोप लाग्दै आएको छ ।
उनले सामान बोकेर नाका पार गर्ने र कन्टेनरमा लोड गरेर भन्सार छल्ने गरेको उक्त नाकाहुँदै व्यापार गर्नेहरुले बताउँदै आएका छन् । उनी अहिले राजश्व विभागबाट कन्टेनर र सामान छुटाउन आफूनिकट सांसद, मन्त्रीसँगै व्यापारी नेताहरुको घर धाइरहेका छन् । विभागले भने उनको खोजी गरिरहेको छ । उनी लुकीलुकी नेता घर चहारिरहेका छन् ।
उनी अहिले व्यापारीहरुको संगठनः हिमालय सीमापार वाणिज्य संघका महासचिव हुन् । उनी केही समयअघिसम्म तातोपानी भन्सार कार्यालयको क्यान्टिनमा भान्छेको काम गर्दै आएका थिए । भूकम्पपछि तातोपानी नाका बन्द भएपछि उनले रसुवा नाकाहुँदै अवैध व्यापार गर्न थालेका हुन् । उनी अहिले अवैध कारोबार गर्ने ठूलो गिरोहसँग सम्लग्न रहेर काम गरिरहेको बताइएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #नेताको घरदैलोमा व्यापारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्