तिजको अवसरमा नेपाल महिला चेम्बरद्वारा विविध कार्यक्रम
सरोज ओझा
काठमाडौं, २३ भाद्र (नेपाल महिला चेम्बर, ब्यापार समितिले भाद्र २३ गते शनिबार तीज स्पेशल फिएस्टा ९तीज बिशेष मेला २०१८ को आयोजना गरेको छ । जमल स्थित चेम्बर भवनमा आयोजित सो मेलाको उद्गघाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गरेकी छन्। मेलाको उद्गघाटन पस्चात मन्त्री थापाले मेलाको अवलोकन समेत गरिन । मेलामा महिला उधेमीद्वारा उत्पादित तथा बिक्री बितरण हुँदै आएका पहिरन, श्रीङार, हस्तकलाका सामाग्री, खानाका परिकार लगायतका सामाग्रीहरु प्रदर्शनीका लागि राखीएको थियो । मेलामा कलाकारद्वय दिपाश्री निरौला र रेखा शाहले प्रस्तुती दिएका थिए ।

मेलाको आयोजनासँगसंगै चेम्बर भवनको सभा हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम माझमा प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा मन्त्री थापाले महिला दिदी बहिनीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सहुलियतपूर्ण ब्याजदरमा रिण सुबिधा दिलाउने सरकारको योजना रहेको बताइन ।
कार्यक्रममाझ बोल्ने क्रममा चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले महिला उधमीको उधमशिलताको कदर हुन सके मात्रै देशको बाणिज्य क्षेत्र सबल हुने धारणा राखेका थिए । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै महिला चेम्बरका अध्यक्ष डा। अन्जान शाक्यले महिलाहरुले ब्यवसाय सन्चालन गर्दै राज्यलाई कर तिर्ने,रोजगारीको अवसर सिर्जना गर्ने जस्ता महत्पूर्ण भूमिका निर्बाह गर्दै आइरहेको बताइेन् ।
कार्यक्रममा साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिक्रित समेत् रहेकी नेपाल महिला चेम्बरका सह( अध्यक्ष उर्मिला श्रेष्ठ, कलाकारद्वय दिपाश्री निरौला र रेखा शाह, नेपाल महिला चेम्बरका सदस्य, महिला उधेमी लगायतको उपस्थित रहेको थियो ।
नेपाल महिला चेम्बरका सह( अध्यक्ष उर्मिला श्रेष्ठले तीज पर्ब र उधेमशीलतालाई जोडेर ब्यवसायीकताको बिकास गराउनु नै मेला आयोजना गर्नुको उदेश्य रहेको प्रकाश पारिन् ।
क्याटेगोरी : विशेष
ट्याग : #नेपाल महिला चेम्बर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्