बालाजु क्षेत्रमा नियमित विद्युत् आपूर्ति शुरु
गत शनिबारदेखि प्राविधिक समस्या देखिएको नेपाल विद्युत् प्राधिकरणको बालाजु सबस्टेशनको मर्मत सम्पन्न भएको छ ।
आज साँझ मर्मत कार्य सम्पन्न भएलगत्तै बालाजु क्षेत्रमा नियमित विद्युत् आपूर्ति शुरु भएको छ । सबस्टेशनमा रहेका दुई वटा २२.५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटामा शनिबार राति करीब ७ बजेबाट प्राविधिक समस्या देखिएको थियो । सबस्टेशनको मर्मत सकिएको जानकारी दिँदै बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले समस्या समाधान भएको र विद्युत् नियमित भएको जानकारी दिनुभयो ।
ट्रान्सफर्मरमा समस्या देखिएपछि धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज, टेकु र बालाजु औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो ।
प्रमुख रेग्मीले त्यस क्षेत्रमा वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको र विद्युत् आपूर्तिमा परेको समस्याका कारण स्थानीय बासिन्दालाई परेको असुविधाप्रति क्षमायाचनासमेत गर्नुभएको छ । मर्मत सम्भारकार्यको प्रत्यक्ष अवलोकन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई छिटोभन्दा छिटो नियमित विद्युत् उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #विद्युत् प्राधिकरणको बालाजु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्