चौकुने गाउँपालिका र स्थानियको अगुवाइमा बिजुली
बिवेक तिमलसिना / मोहन अधिकारी
सुर्खेत–चौकुने गाउँपालिकाको वडा नम्बर ५ स्थित रेक्चाका गोपाल सिंह बिसी लगायत गाउँपालिकाको अध्यक्ष धिर बहादुर शाही सहितको अगुवाइमा गाउँमा बिजुली निकाल्ने पहल गर्दा धेरैले पत्याएका थिएनन् ।
केहीले त यतिसम्म भने कि, ‘पानीबाट पनि बत्ती बल्छ १ यस्ता बुद्धी नभएकाहरुको पछि लागेर हुँदैन ।’
गोपाल सिंह बिसी, रमेश बिसी लगायत जलविद्युत आयोजना समितिका अगुवाहरुले र गाउँपालिकाका अध्यक्ष यस्ता धेरै आलोचना झेलेर पनि करिब ७ वर्षपछि गत भदौ १७ गते गाउँ उज्यालो बनाउने सपना साकार बनाए ।
२०६८ सालमा आयोजना सुरु भए पनि ठेकेदार कम्पनीले काम बिचैमा छोडिदिएपछि काम अलपत्र बनेको थियो । यसबाहेक गाउँपालिकाकै अन्य वडाका जनप्रतिनिधिहरु समेत यस योजनामा सहमत नभएको स्थानीय बताउँछन् ।

रेक्चास्थित बेतखोलीबाट उनीहरुले बिजुली उत्पादन गरेपछि गाउँ नै झलमल भएको छ । करिब ८४ लाख लगानीमा २२ किलो वाट बिजुली उत्पादन भएको हो ।
७ वर्षअघि सुरु भए पनि केही वर्षयता अलपत्र बनेको बेतखोली लघु जलविद्युत आयोजना चौकुने गाउँपालिकाको विशेष पहल र आर्थिक सहायतामा सम्पन्न भएको हो ।
आइतबार चौकुने गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले बिजुली उद्घाटन गर्दै स्थानीय सरकार गठनपछि स्थानीय सरकारको पहलमा कर्णालीकै पहिलो लघु जलविद्युत आयोजना भएको बताए ।
शाहीका अनुसार रेक्चामा ठेकेदार कम्पनीले अलपत्र पारेर छोडेको लघु जलविद्युत आयोजनालाई गाउँपालिकाको निरन्तर प्रयासमा काम सम्पन्न गराइएको हो । गाउँपालिकाको उज्यालो चौकुने अभियान अन्तरगत रेक्चामा अलपत्र रहेको बिजुली उत्पादनको काम सम्भव भएको बताइएको छ । उक्त अभियान अन्तरगत गाउँपालिकाले ३० लाखको हाराहारीमा रकम अनुदान दिएको छ ।
उक्त आयोजनामा गाउँपालिका र स्थानीय साथै वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको पनि लगानी छ । आयोजनाबाट करिब १ सय ५० घर परिवार लाभान्वित भएका छन् । आइतबार स्थानीय विद्यालयको प्रांगणमा बिजुली उद्घाटन गर्दै स्थानीयहरु खुसीले उफ्रिएका थिए ।
सोही अवसरमा चौकुने गाउँपालिकाको सम्रग्र बिकाशका लागी गाउँपालिका प्रतिबद्ध रही समृद्ध गाउँपालिका बनाउन अहोरात्र खटेको अध्यक्ष धीर बहादुर शाहीले बताए ।
क्याटेगोरी : विशेष
ट्याग : #चौकुने गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्