१४ फेब्रुअरी, प्रेम साटासाट गरि विश्वभर भ्यालेन्टाइन्स डे मनाइँदै
सीता पौंडेल
काठमाडौं । आज भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवस । प्रेमका पक्षधर पादरी सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा हरेक वर्ष १४ फेब्रुअरीका दिन नेपाल लगायत विश्वभरि नै भ्यालेन्टाइन्स डे मनाइने गरिन्छ ।
विशेषगरि यस दिवसलाई युवायुवतीहरुले अफुलाई मन परेका केटा वा केटीलाई प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने दिवका रुपमा लिइने गरेता पनि पछिल्लो समय यस दिवसलाई हरेक उमेर समुह, आफन्तजन , परिवार र साथीभाइमा प्रेम , सद्धभाव र भाइचाराको भाव साटासाट गरि आत्मीयता जनाउने दिवसका रुपमा मनाउन थालिएको छ ।
यस दिन प्रेमीलन जोडीहरुले आफ्नो मायालुलाई प्रेमको प्रतिक रातो गुलाबको फूल उपहार दिएर, भेट्न सम्भव नभए फोनबाटै शुभकामना दिएर प्रेमभाव साटासाट गर्ने र दुःखसुखमा सधै साथ दिने बाचा समेत गरेर प्रेमको आभास दिलाउने गर्दछन्
पछिल्लो समय प्रणय दिवसका नाममा समाजमा विकृति बढ्दै गएको र यो दिवस भड्किलो बन्दै गएको भन्ने टिकाटिप्पणी उठ्ने गरेको पाइन्छ ।
प्रेमलाई न सामान्य परिभाषाले परिभाषित गर्न सकिन्छ न त गणितको हिसाबकिताब जस्तै विज्ञानका शुत्रहरुमा बाँध्न सकिन्छ या भनौं कुनै तराजुमा जोखेर नापतौल गरि प्रेमको परिणाम नै निकाल्न सकिन्छ । प्रेम त केवल हृदयमा उब्जिने तरङ्ग , मनको मीठो अनुभूति ,मनले मलाई स्पर्श गर्दा हृदयबाट निस्कने सुमधुर स्वर हो जुन प्रेमीलन हृदयले मात्र अनुभूती गर्न सक्छ ।
भनिन्छ संसार मायाप्रेममा अडेको छ । मायाप्रेमविन संसार चल्न सक्दैन । त्यसैले होला आज जोकोही आफ्नालाई प्रेम गर्न र आफ्नाबाट प्रेम पाउन निकै लालायीत बनेका छन् । प्रेमीलन जोडीहरु माया पाएर आफूलाई संसारकै भाग्यमानी ठान्ने गरेका अनुभवहरु पनि हामीले सुन्न पाउँछौं । प्रेमीलन जोडीहरुले भन्ने गरेको सुनिन्छ , मायाले संसार विर्साइदिन्छ ।
कुनै जातजाती , धर्म ,संस्कृति ,परम्परा ,परिस्थिति र परिवेशका कारण समाजमा सच्चा प्रेमीहरु ठगिन नपरोस् । आकर्षण र क्षणीक आनन्दको परिबन्दमा परेर देखावटी र बनावटी तवरले गरिने प्रेम प्रेम नभएर पाप हो । प्रेमको नाममा यस्ता पाप कसैले नगरौं । समाजमा प्रेमका नाममा व्यापार भइरहेका घटनाहरु हामीले देख्न र सुन्न पाउँछौं । प्यारलाई व्यापार नबनाइयोस । समाजमा सच्चा प्रेमको परम्परा चलोस् । यो परम्पराले समाजमा प्रेमका नाममा हुने गरेका विकृति , विसंगति ,दमन ,शोषण , अन्याय र अत्याचारको अन्त्य भइ सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्माण गर्छ । देश सधैं विकासको बाटोमा अगाडी बढ्छ । तसर्थ मनले मनलाई गर्ने अमुल्य प्रेमभाव बुझेर हातमा हात र काँधमा काँधा मिलाएर अगाडी बढ्न यो भ्यालेन्टाइन्स दिवसले तपाईं हामी सबैलाई उत्प्रेरणा जगाओस् । भ्यालेन्टाइन्स ÷प्रणय दिवसको सबैलाई शुभकामना !!
क्याटेगोरी : विशेष
ट्याग : #प्रेम, #भ्यालेन्टाइन्स डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्