कपिलवस्तुका एसपी अधिकारीको प्रहरी चौकीमा छड्के, सचेत रहन सबैलाई निर्देशन

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले हिजो (मंगलबार) राती मातहतका विभिन्न युनिटहरुको अनुगमन गरेको छ ।
ड्युटीको सिलसिलामा सडकमा खटिएका केही प्रहरी कर्मचारीहरुले लापरबाही गर्ने गरेको भन्ने जनगुनासोका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी प्रमुख समेत रहेका (एसपी) नवराज अधिकारी आफैं फिल्डमा खटिएका हुन् ।
स्रोतका अनुसार (एसपी) अधिकारीको कमान्डमा खटिएको प्रहरीको टोलीले यहाँको विभिन्न युनिटहरुमा अनुगमन गरिएको छ । प्रहरी प्रमुख आफैं मातहतको विभिन्न प्रहरी कार्यालयहरुमा पुगी प्रहरी कर्मचारीहरुको कामकारबाहीका बारेमा जानकारी लिएपछि यहाँका स्थानीयले शान्तिसुरक्षाको अनुभूती समेत गरेका थिए ।
चेकजाँच भइरहेको ठाउँमै पुगेर (एसपी) अधिकारीले स्थानीयका गुनासो समेत सुनेका थिए । सो, क्रममा उनलेे मातहतका प्रहरी युनिटहरुलाइ थप गम्भीर र जिम्मेवार अनि परिपक्व भएर काम गर्न निर्देशन दिए । संगठनका प्रहरी प्रमुखले दिनुभएको निर्देशनलाइ अक्षरंश पालना गर्नुहोस् । अर्थ संकलनमा होईन, तस्कर कसरी नियन्त्रणमा लिन सकिन्छ त्योतर्फ सोच्नुहोस् ।
सर्वसाधारणबाट गुनासो आउनै नदिने गरी काम गर्नुपर्यो । (एसपी) अधिकारीले भने, सवारी चेकजाँच लाइ अझै कडाइका साथ लागु गर्नुहोस्, सिमानाकामा खटिएका प्रहरीले शंकास्पद कोही ब्यक्ति लागे वा भारत बाट नेपालतर्फ आउने तस्कर वा स्थानीयमाथि निगरानी बढाउनुहोस् । गलत प्रवृत्तिको कोही देखिए तत्कालै नियन्त्रणमा लिएर चेकजाँच गर्नुस् ।
प्रहरी पोशाकमा नै पान पसलमा प्रहरीको भिड हुने गरेको साथै, ड्युटीमा लापरबाही गर्ने गरेको भन्दै उनलेे त्यसतर्फ पनि ध्यानाकर्षण गराउँदै सचेत रहन आग्रह गरे । उनलेे रातीको समयमा सवारी चेकजाँचलाई थप कडाइ गर्न समेत निर्देशन दिए ।
सिमा बोर्डर भएकोले पनि आफ्नाे क्षेत्रको शान्तिसुरक्षालाई सुदृढ बनाउनु पर्छ भनी संकल्प लिएर अघि बढ्दै आएका (एसपी) अधिकारीले वर्डा प्रहरी कार्यालय तौलिहवा हुँदै झन्डै आधा दर्जन भन्दा बढी युनिटहरुको अनुगमन तथा निरीक्षण गरेका थिए । सो, क्रम्मा लापरबाही गर्ने केही प्रहरीलाई सख्त चेतावनी दिइएको थियो भने दुइ जना प्रहरी जवानलाइ आज (बुधबार) जिल्ला तानिएको थियो ।
अनुगमनका क्रममा (एसपी) अधिकारीले आफुले पाएको जिल्लाको मातहतका प्रहरी कर्मचारीहरुले इमान्दारीपुर्वक कर्तब्य निर्वाह गरे नगरेको भन्ने बिषयमा अनुगमन गरेको बताए । यसले गलत गर्ने प्रहरीलाई समेत थप इमान्दारीपूर्वक काम गर्ने बाताबरण मिलेको उहाँको भनाइ छ । गत, असार ५ गतेदेखि जिल्लाको कमान्ड सम्हाल्दै आएका (एसपी) नवराज अधिकारीले शान्तिसुरक्षाको मामिलामा आफुले कहिले कसैसँग कम्परमाइज नगर्ने बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्